लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेले दिए राजीनामा

न्युज अफ नेपाल , काठमाडौं । लुम्बिनी प्रदेशसभाका नेकपा एमाले सांसद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् । उनले लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ […]

सम्बन्धित सामग्री

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने अस्त्रः एमाले सांसद डाँगीको राजीनामा

काठमाडौं, २२ वैशाख । लुम्बिनी प्रदेश सभाका नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । दाङ क्षे नं २ ‘ख’ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित डाँगीले आज सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा बुझाएका हुन् । डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुन् । मुख्यमन्त्री शंकर पोखरेल पोखरेललाई स्पष्ट रुपमा अल्पमतमा पार्न उनले राजीनामा दिएको बुझिएको छ […]

एमाले सांसद त्यागेकालाई कांग्रेसबाट राष्ट्रिय सभाको उम्मेदवार

लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डे सोमवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले सोमवार सूचना प्रकाशित गरी पाण्डेको स्थान रिक्त रहेको जनाएको छ । पाण्डेलाई कांग्रेस उम्मेदवारका रूपमा ४ दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । सोमवार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गरे । पाण्डेलाई राष्ट्रिय...

कपिलवस्तुका एमाले सांसद पाण्डेको स्थान रिक्त

लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले सोमबार प्रदेश सभामा सूचना प्रकाशित गरी पाण्डेको स्थान रिक्त रहेको जनाएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गरी उनको पद रिक्त भएको उल्लेख गरेका छन् । मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुने भएपछि उनले आइतबार राजीनामा दिएका थिए । पाण्डे कपिलवस्तु २ (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश सभाका सचिव  पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘माननीय सदस्य ...

लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले)का सांसद दृगनारायण पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । पाण्डेको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री पोखरेलको बहुमत औपचारिक रूपमा नै गुमेको छ ।

लुम्बिनीमा नयाँ ट्विस्ट : एमाले सांसद पाण्डेले दिए पदबाट राजीनामा

नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले पदबाट राजीनामा दिएका छ । अहिलेको सरकारबाट आफ्नो क्षेत्रका जनताको विकासप्रतिको प्रतिबद्धता पूरा गर्न नसकेपछि राजीनामा दिएको उनले बताएका छन् । पाण्डेले लोकान्तरसँग भने, ‘आज पार्टीको संसदीय दलको बैठकमा पनि मैले कुरा राखें, मुख्यमन्त्रीले सुन्नुभएन । त्यसैले पार्टी र सांसद पदमा बस्न उचित ठानिनँ । त्यसैलै सांसद र पार्टी त्याग गरेको हुँ ।’ पोखरेल आजै मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । ...