बागलुङ : बागलुङमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ। वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो। यस वर्ष बागलुङमा चार हजार ३८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।उनका अनुसार गत वर्ष यहाँ कुल ३४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार ६५० मेट्रिक टन उत्पादन भएको थियो।गत वर्ष जिल्ला भर २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकोमा यस वर्ष अनुकूल हावापानीले गर्दा