सर्लाही : सर्लाहीको उत्तर–पश्चिम क्षेत्रमा सैयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन्। किसानले प्रतिकिलो ७०÷८० रुपैयाँमा बिउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन्। छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो।लामो समयदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएको बागमती नगरपालिका–७ राजघाटका रहमप्रवेश महतोले यस वर्ष दुई बिघा क्षेत्रफलमा आलु खेती गरेका छन्। उनले खेतबाट न