उदयपुर : दलहन बालीले उचित मूल्य नपाउँदा उदयपुरका किसान मर्कामा परेका छन्। लागतअनुसारको मूल्य नपाउँदा दाल उत्पादन गर्ने किसानहरु मर्कामा परेका हुन्।
उदयपुरको आठवटै स्थानीय तहमा चुरे र महाभारतको तल्लो बेँशी क्षेत्रका किसानले दलहन बालीको खेती गर्दै आएका छन्। त्यहाँ उत्पादन भएका दालले उचित मूल्य नपाएको किसानहरुको गुनासो छ। ...