असार लागेपछि धमाधम धान रोपाइँ सुरु हुँदा धेरैजसो किसानलाई रासायनिक मल अभावले पिरोलेको छ । मल गोदाम खाली भएको खबरले किसानहरू चिन्तामा छन् । कहींकतै मल बाँडेको खबर सुन्दा हुत्तिँदै लाइन लाग्न पुग्छन् । तर, चन्द्रप्रसाद अधिकारीलाई यसको कुनै चिन्ता छैन । उनको खेतमा आज (असार १५) हिले कार्यक्रम हुँदै छ । बिहीबार रोपाइँ पनि गर्दै छन् ।