अलकायदाले दियो दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बमले उडाउने धम्की

एजेन्सी। अलकायदा समूहले भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बलले उडाउने धम्की दिएको छ। दिल्ली प्रहरीलाई इमेलमार्फत अलकायदाले विमानस्थल बमले उडाउने धम्की दिएको हो। धम्की आएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि गत मार्च २१ को दिन पनि यस्तै धम्की दिइएको इमेल दिल्ली प्रहरीले प्राप्त गरेको थियो। तीन दिनभित्र विमानस्थलमा बम राख्ने इमेलमा उल्लेख छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ। उनले शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कनेछन्। यी हुन् भ्रमणका कार्यतालिका चैत २३ –बिहान ९ : ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सीधै राष्ट्रपति भवन पुग्ने । –केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने। नेपालमा लगानीको…