काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा,