काठमाडौं (अस) । पेयपदार्थ फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेन विगतभन्दा थप परिस्कृत र रमाइलो हुने कम्पनीले बताएको छ ।
यो अभियानले मुख्यगरी मानिसको रंगीन स्वभावलाई उजागर गर्नेछ । जुनसुकै उमेर, लिंग, पेसा भए पनि हरेक मानिस आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् । मानिसको आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलिब्रेट गर्न खोजेको कम्पनीको भनाइ छ । यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापन छन्, जसले मस्तीका रंगसँग जीवनको आनन्दलाई अँगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट परफर्मर, टिकटकर र बाइक स्टन्टर्समार्फत चुलबुलेपनलाई फोकस गरिएको छ ।
यी विज्ञापनले रंगको शक्ति र तिनले मानिसलाई प्रदान गर्ने चञ्चलता देखाएको छ । क्याम्पेनको अर्को विज्ञापनमा होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाइएको छ । होली उत्सवको एउटा हिस्साको रूपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै नेपाल टुर कलर मानिया गर्दै छ, जुन काठमाडौं, पोखरा, इटहरी, धरान, हेटौंडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख सहरमा १३ वटा कार्यक्रम गरी मनाइँदै छ ।
फ्यान्टाले कलरफुल हामी थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापन भिडियो, सिनेमा, इन्फ्लुएन्सर र सामाजिक सञ्जालसहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको हिस्सा रहेको कम्पनीले जनाएको छ ।