फ्यान्टाले ल्यायो होली लक्षित ‘कलरफुल हामी’ क्याम्पेन

काठमाडौँ, १ चैत्र । होलीको अवसरमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” गर्दै छ । फ्यान्टाले काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाउँदैछ । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ […]

सम्बन्धित सामग्री

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन

काठमाडौं (अस) । पेयपदार्थ फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेन विगतभन्दा थप परिस्कृत र रमाइलो हुने कम्पनीले बताएको छ । यो अभियानले मुख्यगरी मानिसको रंगीन स्वभावलाई उजागर गर्नेछ । जुनसुकै उमेर, लिंग, पेसा भए पनि हरेक मानिस आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् । मानिसको आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलिब्रेट गर्न खोजेको कम्पनीको भनाइ छ । यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापन छन्, जसले मस्तीका रंगसँग जीवनको आनन्दलाई अँगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट परफर्मर, टिकटकर र बाइक स्टन्टर्समार्फत चुलबुलेपनलाई फोकस गरिएको छ । यी विज्ञापनले रंगको शक्ति र तिनले मानिसलाई प्रदान गर्ने चञ्चलता  देखाएको छ । क्याम्पेनको अर्को विज्ञापनमा होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाइएको छ । होली उत्सवको एउटा हिस्साको रूपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै नेपाल टुर कलर मानिया गर्दै छ, जुन काठमाडौं, पोखरा, इटहरी, धरान, हेटौंडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख सहरमा १३ वटा कार्यक्रम गरी मनाइँदै छ । फ्यान्टाले कलरफुल हामी थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापन भिडियो, सिनेमा, इन्फ्लुएन्सर र सामाजिक सञ्जालसहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको हिस्सा रहेको कम्पनीले जनाएको छ ।

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन

काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ क्याम्पेन ल्याएको छ । यो अभियानले मुख्य गरी मानिसको रंगिनतालाई उजागर गर्न खोजेको जनाइएको छ । यो क्याम्पेनमा दुईवटा नयाँँ टेलिभिजन प्रवद्र्धनात्मकहरू रहेका छन् । होली उत्सवको एउटा हिस्साको रूपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्ने जनाएको छ । काठमाडौं, पोखरा,...