पार्टी कार्यालयका सबै कक्ष व्यस्त भएपछि रिपोर्टस क्लवबाट भीम रावलको उम्मेदवारी घोषणा (लाइभ)
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको केन्द्रीय कार्यालयका सबै कक्षहरु व्यस्त रहेकाले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नु परेको बताएका छन् ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले उपाध्यक्ष भिम रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता हुने दावी गरेका छन् ।
भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकाले केपी शर्मा ओली सर्वसम्मत हुने सम्भावना छ कि ...
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आशन्न महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए ।रावलले भने, ‘पार्टी एकता पक्षमा र फुटको विपक्षमा उभिएको छ । नेकपा एमालेका कतिपय आयामहरु मैले सोचे अनुरुप भएनन् । जनता […]
आज मिति २०७८ साल मंसिर महिनाको ६ गते सोमबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार विश्लेषणसहित हामी उपस्थित भएका छौँ । एमालेको महाधिवेशनको दिन नजिकिँदै जाँदा आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै एमालेभित्रको चुनावी माहोल तातिएको छ, यही विषयमा लोकान्तरले ‘रावलको बाध्यता कि पार्टीभित्र राजनीतिक ‘स्पेस’को खोजी ?’ शीर्षकमा संक्षिप्त टिप्पणी गर्ने प्रयास गरेको छ । यसबाहेक अन्य मुख्य समाचारलाई पनि ‘लोकान्तर राउण्ड अप’ मा समेट्ने प्रयास गरिएको छ...
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले यही मङ्सिर […]