भीम रावलको उम्मेदवारी : बाध्यता कि पार्टीभित्र राजनीतिक ‘स्पेस’को खोजी ?

आज मिति २०७८ साल मंसिर महिनाको ६ गते सोमबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार विश्लेषणसहित हामी उपस्थित भएका छौँ । एमालेको महाधिवेशनको दिन नजिकिँदै जाँदा आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै एमालेभित्रको चुनावी माहोल तातिएको छ, यही विषयमा लोकान्तरले ‘रावलको बाध्यता कि पार्टीभित्र राजनीतिक ‘स्पेस’को खोजी ?’ शीर्षकमा संक्षिप्त टिप्पणी गर्ने प्रयास गरेको छ । यसबाहेक अन्य मुख्य समाचारलाई पनि ‘लोकान्तर राउण्ड अप’ मा समेट्ने प्रयास गरिएको छ...