नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्व प्राप्त गरेकामध्ये आर्थिक वर्ष २०७४–०७५ मा निरीक्षणका क्रममा गुणस्तरमा कैफियत भेटिएको भन्दै ४५ पटक कार्बाही गरेको छ । तिनलाई इजाजत रद्द र स्थगन गर्ने, बिक्री वितरणमा रोक लगाउने, गुणस्तर चिह्न प्रयोगमा रोक लगाउने, सचेत गराउनदेखि स्पष्टीकरण माग गर्नेसम्मको कार्बाही गरिएको विभागकी उपनिर्देशक रोमा मानन्धर रावलले जानकारी दिइन्।