काठमाण्डाै - जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चार वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएकोबारे आएको खबरमा ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रले आज सूचना निकालेर बोलपत्रमार्फत् प्राप्त हुने कागजको नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुमा परीक्षण गरिने, तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने, नभएमा कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने काम नियमित प्रक्रिया भएको जनाएको छ ।
अस्ति बुधवार केन्द्रले फिर्ता गरेको कागज नै आपू...