एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ। नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो। सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख…

सम्बन्धित सामग्री

माओवादीले बहिष्कार गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै उठेर नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई पूर्णतया बेवास्ता गरिएको आरोप लगाए । “विगतमा पनि गठबन्धन सरकार थियो । सरकारको शैली, प्रक्रिया […]

कर्णाली प्रदेशसभाको बैठक लगातार स्थगित

लगातार स्थगित हुँदै आएको कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित गरिएको छ ।प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको थियो । बैठक नै नवसी स्थगित गरिएको हो । पुन शुक्रबार बैठक बोलाइएको देश सभाका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि निरन्तर बैठक स्थगित […]

आज पनि बस्न सकेन कर्णाली प्रदेशसभा बैठक

सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने सकेन । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको हो । उनले शुक्रबारका लागि बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा आज पनि सहमति जुट्न सकेन । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको बताइएको छ । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आए

प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ।प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ काे बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गरे। 'बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,' उनले भने, 'योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो। हरेक कुरामा सहमति विपरीत कार्य भए। यो

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

काठमाडौँ, १४ मङ्सिर। मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ। आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल १० औं राष्ट्रिय महाधिवेशनका कारण सहभागी हुन नसकेपछि स्थगित गरिएको हो। मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन गरेको आह्वानसँगै बैठक बुधबार दिउँसो १ […]

कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, बजेटमाथिकाे छलफल अन्यौल

सुर्खेत : कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि अवरूद्ध भएको छ। नेकपा एमालेका सांसदहरूको विरोध पछि १५ मिनेटमै बैठक अवरूद्ध भएको हो।दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ अधिवेशनको १५ औँ बैठक करिब ३ बजे पछि मात्रै सुरू भएको थियो। बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू रोष्टममै उभिएर विरोध जनाए।सभामुख राजबहादुर शाहीले पटकपटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि नटेरेपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे। आजको बैठकमा एमाले सांसद तथा पूर्व सामाजिक विकास मन्त्री दल

एमालेको अडानका कारण आइतबार पनि बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

सुर्खेत। कर्णाली प्रदेशसभा बैठक आइतबार पनि बस्न सकेन। दोस्रो दिन पनि प्रदेशसभाको बैठक स्थगित भएको हो। यसअघि शुक्रबार विशेषकारण भन्दै बैठक सूचना टाँसगरी स्थगित भएको थियो। विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको निर्णयपछि फ्लोर क्रस गरेर मन्त्री भएकाहरुले राजिनामा दिनुपर्ने माग राख्दै आएको छ। एमाले र सरकारबीच कुनैपनि सहमति हुन नसकेपछि बैठक सूचारु हुन नसकेको प्रदेशसभाका एक कर्मचारीले बताए।

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

काठमाडौं : प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण  कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार बसेको आठौँ अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसदले उभिएर विरोध जनाए । बैठक अघि बढाउनका लागि सभामुख राजबहादुर शाहीले पटक–पटक आग्रह गरे पनि अवरोध जारी भएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।त्यसअघि बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गरेका थिए ।

स्थगित कर्णाली प्रदेशसभा बैठक सुरु हुन सकेन

मंगलबार २ बजे बोलाइएको कर्णाली प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन ।सोमबार कार्यसूचीमा प्रवेशनै नगरी स्थगित प्रदेशसभाको आठौं अधिवेशन बैठक पुर्व निर्धारित समय भन्दा बढि दुई घण्टा बित्दा समेत सुरु नभएपछि अनिश्चित बनेको छ ।कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले लिएपछि बैठक स्थगित भएको थियो ।एमालेका संसदीय दलका नेता यामलाल कँडेल र सांसद करविर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न न

कर्णाली प्रदेशसभा बैठक स्थगित

एमालेको अवरोधको कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कोरोना महामारीको कारण जनता घरभित्र थुनिएको बेला संसद् सञ्चालन गर्नु उपयुक्त नहुने भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।