सुर्खेत : कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि अवरूद्ध भएको छ। नेकपा एमालेका सांसदहरूको विरोध पछि १५ मिनेटमै बैठक अवरूद्ध भएको हो।दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ अधिवेशनको १५ औँ बैठक करिब ३ बजे पछि मात्रै सुरू भएको थियो। बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू रोष्टममै उभिएर विरोध जनाए।सभामुख राजबहादुर शाहीले पटकपटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि नटेरेपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे। आजको बैठकमा एमाले सांसद तथा पूर्व सामाजिक विकास मन्त्री दल