न्युज अफ नेपाल, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा गैर कानुनी तवरले कुलमान घिसिङलाई पुनः कार्यकारी नियुक्त गरेर आफूलाई हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई चार वर्षका लागि नियुक्ति गरे पनि अहिले विना कारण गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै शाक्यले सोमबार रिट दायर गरेको सर्वोच्चका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। उनले रिट दर्ता भएको तर पेशी भने तोकि नसकिएको बताए।रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा आफ्नो अधिकार हनन् भएको दाबी गरेका छन्।शाक्यले आफैंलाई कार्यकार
नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा थमौती माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्। उनले प्राधिकरणको कार्यकारी अधिकृतमा आफूलाई हटाएर कुलमान घिसिङलाई ल्याएको भन्दै रिट दार्ताका लागि सर्वोच्चमा पेश गरेका...
काठमाडौं, २७ साउन । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल […]
२० साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सशर्त प्राधिकरण छोड्न तयार भएका छन् । उनले विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिए प्राधिकरणबाट विदा हुने बताएका हुन् । गत माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई बढीमा चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नयाँ […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल लोडसेडिङको कुनै सम्भावना नरहेको बताएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘केही दिन यता विभिन्न सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ सुरु भएको भन्दै जनमानसमा मानसिक त्रास उत्पन्न भएको छ,’ पत्रकार सम्मेलनमा बोल्दै विद्युत प्राधिकरणका कायममुकायम क...