नेपाल विद्युत् प्राधिकरणमा ३३ वर्ष काम गरेको अनुभव भएका हितेन्द्रदेव शाक्य अहिले कार्यकारी निर्देशक छन् ।
प्रसारण लाइनमा दख्खल भएका शाक्यलाई ओली सरकारले २०७७ माघमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
त्यसअघि उनले करीब ३ महिना निमित्त कार्यकारी निर्देशकको रूपमा काम गरेका थिए ।
नयाँ सरकार बनेपछि ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणको नेतृत्वमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउन चाहेकी छिन् र शाक्यलाई राजीनामा दिएर सहयोग गर्न भनेकी छिन् ।
तर, शाक्य भने प्राधिकरणको प्...