कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास भइरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच गठबन्धन बनेको छ । दुवै पार्टीले आगामी निर्वाचनमा साझा उम्मेदवार उठाउने गरी गठबन्धन निर्माण गरेका हुन् ।
गोरखा – जिल्लाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि […]
जुम्लामा गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच जुम्लामा चुनावी तालमेल नहुने भएको छ । भागबन्डामा सहमती नभएपछि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टीबीच जुम्लामा चुनावी गठबन्धन नहुने भएको छ । आईतबार अन्तिम समय सम्म पनि बैठक बस्दा भागबन्डा नमिलेपछि गठबन्ध […]
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताउनुभएको छ । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । नेता पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गर्नुभयो […]
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।संयन्त्रका सदस्यहरूमा माओवादी केन्द्रका संयोजक नेत्रप्
आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।०७४ को निर्वाचनमा ६ स्थान
डडेल्धुरा : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।प्रेस युनियन डडेल्धुरा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन नहुने बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन हुन नसकेको उनको भनाइ छ।उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोले सरकारमा आफूहरू अटाउन नसकेको बताए।‘हामीहरू न सरकारमा छ
धनकुटामा स्थानीय तहको निर्वाचनमा चार दलबीच गठबन्धन हुने भएको छ । सोमबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा क्रियाशील चार दलबीच चुनावी गठबन्धन हुने जनाइएको छ ।विज्ञप्तिमा भनिएको छ : ‘आगामी वैशाख ३० मा हुन गैरहेको स्थानीय तहको निर्वाचनमार्फत तमाम विसंगति, वेथिती, भ्रष्टाचार, तदर्थवाद, व्यक
३० फागुन, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे । वर्तमान संघीय सत्ता गठबन्धन संविधान […]
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी […]
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राखे । ‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुन