गत पुस १६ मा चीनको खासा र न्यालम क्षेत्रमा बाक्लो हिमपातका कारण चिनियाँ कन्टेनर आउजाउ रोकिएपछि तातोपानी नाका ठप्प बन्यो । हिउँले आधा छोपिएकाले खुला टेलरमा लोड गरिएका स्याउलगायत अन्य रेडिमेड सामग्री कुहिए, बिग्रिए । चीन र नेपालतर्फ कोरोना संक्रमित भेटिएपछि २०७७ असोजमा यही नाका दुई पटक दुई महिना बन्द भयो । सयौं कन्टेनर उतै थन्किँदा व्यापारीले करोडौं रुपैयाँ घाटा सहे ।