अर्थतन्त्रको भविष्य वर्तमानको नीति

घरजग्गाको मूल्य सरदरमा ३० प्रतिशतभन्दा बढीले घटेको छ, घटेको मूल्यमा पनि कारोबार भएको छैन । यसमा सहकारी र बैंकको अर्बाैं लगानी फसेको छ । विदेश जाने नेपालीको संख्या निकै बढ्नाले अर्बौं रुपैयाँ बाहिर गइरहेको छ । निर्यात निराशाजनक छ । यिनै परिवेशले गर्दा अर्थतन्त्र सङ्कटमा छ । अर्थतन्त्र जहिले पनि अन्धकारमा रहँदैन । असल सञ्चालक भएमा यसलाई सुधार्न सकिन्छ । अन्योलका कारण शेयरबजारमा लगानीकर्ताले खुलेर पैसा लगाउन सकेका छैनन् । आयात कम हुनुको अर्थ आन्तरिक बजारमा ग्राहकले कमोडिटी र सेवा किन्न नसक्नु हो । कमाइको आधार घरजग्गा र शेयरबजार सुस्ताएको अवस्था छ । केही कर्मचारीले र केही माथिल्लो तहका नीतिनिर्माताले कमाउने रहेछन् भन्ने कुरा नेपालीलाई भुटानी शरणार्थी बनाएको केशले लगभग उजागर गरिदियो तर आमनेपालीको घरआँगनमा आर्थिक मन्दी छ । भासिन लागेको अर्थतन्त्रलाई यथास्थिति र उत्थानको बाटोमा ल्याउन सकिन्छ । घरजग्गा कारोबार ठप्प, आयातमा कमी, आन्तरिक उपभोगमा व्यापक कमीजस्ता समस्याले हरेक क्षेत्रमा निराशाको बादल छाएको छ । यसलाई सुधार्न सकिन्छ भन्ने केही आशा पनि देखिएका छन् । नेपालको बजेटमा वैदेशिक अनुदानलाई आधार मानेर प्रत्येक वर्ष घाटा बजेट पेश गरिन्छ । तर, वर्तमानमा बिस्तारै वैदेशिक अनुदानको मात्रा र राजस्वको रकम घटेको छ, वैदेशिक ऋण बढेको अवस्था छ । देशको राजस्वले चालू खर्च धान्न नसकेको अवस्था छ । मतलब अर्थतन्त्ररूपी बिरालोलाई कोठाभित्र थुनेर ढोका लगाइएको छ जुन खतरनाक छ । यसले आम्दानीका बाटाहरू थुनिएका छन् भने खर्चको ढोका खुला राखिएको छ । खर्चमा पनि चालू खर्चलाई मात्र खुला राखेर आम्दानीका बाटो बन्द भइदिनाले देशको अवस्था लथालिङ्ग भएको छ । अर्थतन्त्रको मुख्य समस्या भनेको के, कसरी, कसका लागि उत्पादन गर्ने भन्ने विषयबाट शुरू हुन्छ । आर्थिक विकासका लागि उत्पादन वस्तु तथा सेवा जे भए पनि अनिवार्य र पहिलो शर्त हो । दोस्रो प्रमुख विषय उत्पादन कसरी गर्ने अर्थात् कस्तो प्रविधिबाट बनाउने भन्ने हो । प्रविधि यस्तो हुनुपर्‍यो जसले वातावरण पनि प्रदूषित नहोस् र प्रतिस्पर्धीलाई पनि जित्न सकियोस् । तेस्रो, अर्थतन्त्रको मुख्य समस्या कसका लागि कति मात्रामा उत्पादन गर्ने अर्थात् बजार विश्लेषण गर्ने क्षमता हो । अर्थतन्त्रका मूल समस्या परम्परादेखि यिनै तीन कुरामा केन्द्रित छन् । अब यसमा बहुराष्ट्रिय कम्पनी पनि समस्याका रूपमा थपिएको छ । उद्यमीको सामान्य सोच, प्रविधि र लगानीले आजको मितिमा हाम्रो समस्या समाधान हुने अवस्था छैन । नेपाली वस्तु तथा सेवा पनि विश्वबजारमा टिक्ने र बिक्ने खालको हुनुपर्छ । त्यस्तो भएन भने हामीले जेनतेन बनाएको चिज बिकेन भने फेरि अर्को आर्थिक दुश्चक्रमा फस्दै जाने आवस्था आउँछ । उत्पादनको साथै गुणस्तर पनि अर्को प्रमुख तत्त्व हो जसले नेपाललाई पछाडि पारेको छ । यो सबै कुरालाई कसरी सुधार गर्ने भन्ने सन्दर्भमा वर्तमान सरकारले प्रयास गरेको देखिन्छ । जस्तै गृह मन्त्रालयले मन्त्रीको तजबिजीमा दैनिक रू ५० हजार र गृह सचिवको तजबिजीमा रू. २० हजार खर्च अधिकार कटौती गरेर अर्थतन्त्रप्रति संवेदनशीलता देखाएको छ । राष्ट्रपतिबाट पनि सामन्तवादी संस्कार कटौती गरी सादगीतर्फ पाइला चालेको देख्न पाइन्छ । प्रयासहरू सकारात्मक भएका छन् तापनि अर्थतन्त्रको जुन समस्या यहाँ देखिएको छ त्यो समाधानको पूर्ण आधार बनेको छैन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भनेको वाक्य ठीक वा बेठीक जे भए पनि यहाँ उल्लेख गर्न चाहन्छु, ‘हाम्रो पहाडको ढुंगा र खोलाको बालुवा बेचेर अर्बौं कमाऊँ ।’ प्राकृतिक वस्तुलाई नगद बनाउने उपाय उनले दिएका छन् । यसमा सहमत हुनेको संख्या कम होला किनकि पहाडको चट्टान र बालुवाबाट नगद तत्कालका लागि त राम्रो तर त्यसको प्रभावले अर्को ठाउँ भासिन्छ, बस्ती नै उठाउनुपर्ने हुन्छ । आम्दानीभन्दा खर्च बढी हुन्छ । यो समस्या भारतको उत्तराखण्डको जैसीमोठमा देखिएको छ । प्रयास र विचारलाई कहिल्यै पनि नकारात्मक टिप्पणी गर्न आवश्यक छैन, त्यसको विश्लेषण गर्नुपर्छ । आजको अवस्थाबाट देशलाई उपल्लो धरातलमा लैजान उत्पादनमा जोड दिन आवश्यक हुन्छ । ७ महीना अगाडि बेलायतकी तत्कालीन प्रधानमन्त्री एलिजा ट्रसको करको दर घटाउने प्रयासले देशको अर्थतन्त्र झनै संकटमा परेकाले तत्कालै राजीनामा दिइन् । उनको निर्णयको उद्देश्य गलत थिएन समय गलत भयो । न्यूजील्यान्डकी पूर्वप्रधानमन्त्री जोसिन्डा आर्डेनले, ‘मसँग देश र जनताका लागि दिन नयाँ योजना नभएकाले राजीनामा दिन्छु’ भनेकी थिइन् । यसरी उच्च पदको गरिमा धेरै हदसम्म देशको अर्थतन्त्रको सुधारको वरपर घुम्न जरुरी छ । अर्थतन्त्र सुधार गर्न नसक्नेले पदमात्र ओगट्नु घातक हुनसक्छ । देशको अर्थतन्त्र कठिनाइमा छ र यसलाई सुधार गर्ने पर्याप्त आधार हामीसँग छ र पनि अन्तिम सत्य के हो भने अर्थतन्त्रको सुधार उत्पादन, प्रविधि र ग्राहकको अभूतपूर्व संयोजनविना सम्भव हुँदैन । नेपालले के कसरी उत्पादन गरेर त्यो वस्तु तथा सेवालाई विश्व बजार पुर्‍याउनुपर्छ भन्ने सन्दर्भमा हाम्रा युवामा त्यो शक्ति र क्षमता छ जसलाई सरकारले उत्प्रेरित गर्न सक्नुपर्छ । जनतालाई उद्यमी, सृजनशील र प्रतिस्पर्धी बनाउन सरकारको नीति र जनताको प्रयास बीच तालमेल हुनुपर्छ । यसमा हरेक क्षेत्रबाट जोडबल जारी रहोस् । युवा र खरीद गर्न सक्षम उपभोक्ताले नै एउटा कल्याणकारी राज्यको निर्माण गर्ने भएकाले विश्वबजारमा कुन चिज बेच्न सक्छ त्यसको उत्पादनमा निजी तथा सार्वजनिक क्षेत्र गतिशील होस् । त्यसैअनुरूप अर्थ सञ्चालनको आधार बनाऔं । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

नारायणी किनारमा भविष्य देख्नेहरू

आफ्नै देशमा सम्भावना नदेखेर भविष्य खोज्न विदेश हिँडेकाहरूको बिदाइ गर्ने त्यही नारायणी नदी केहीका लागि भने अपवाद बनिरहेको छ ।

‘बालबालिकाको भविष्य राम्रो बनाउन आमाहरूको भविष्य सुरक्षित हुनुपर्छ’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् । लूनिभा बाल सरोकार समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अव नेपाली समाजलाई रूपान्तरण गर्ने हो भने बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् । बालबालिकाहरूको पहिलो शिक्षा जन्मदादेखि […]

नेपाली खेलकुदको भविष्य जोगाउन अल्मुताइरीको सरकारलाई अनुरोध

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इंगित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।उनले खेलकुदको भविष्य जोगाउन सरोकार

नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अलमुताइरीको अनुरोध

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलदुल्लाह अलमुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन्। शनिबार सामाजिक लेख्दै उनले भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई आफूले दोष दिन नमिल्ने बताएका छन्। उनले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन समेत सरकारलाई अनुरोध गरेका छन्।

ओलीले भने - ३० गते देशको भविष्य निर्धारण हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् । आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’ एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको

देशको भविष्य

सोच्नै सकिएन के नपुगेर विदेसियो संस्कृति किन मातेका छन् हाम्रा संस्कारहरू बाँसुरीको धुन बजाएर विरह ओकल्दै खोज्दै होलान् शहीद र पुर्खाहरूले देशको भविष्य!...

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । शनिबार काठमाडौं आयोजित एसोसिएएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । बाल्यावस्थामा बालबालिको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।‘बाल्यावस्थामा अनुसासन, शिक्षा, […]

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौं आयोजित एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।बाल्यावस्थामा बालबालिकाको सर्वाङ्गीण विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ । बाल्यावस्थामा अनुसासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उनले

पूर्वराजाले पनि पार्टी खोले हुन्छ,राजतन्त्रको कुनै भविष्य छैन : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “प्रतिगामी तत्वलाई भन्न चाहन्छु, नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राजनीति गर्ने भए पूर्व राजाले पनि पार्टी खोले […]

एमालेभित्रको सहमतिले के होला कर्णाली सरकारको भविष्य ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेसम्म आइपुग्दा गुटगत विवादको केन्द्रमा रहेको कर्णाली प्रदेश सरकारको भविष्य के होला भन्ने प्रश्न अहिले पनि सशक्त रुपमा खडा भइरहेको छ ।नेकपा एमालेभित्रका दुई पक्षबीच आइतबार कार्यदलस्तरमा भएको १० बुँदे सहमतिसँगै कर्णाली प्रदेश सरकारको भविष्य अनिश्चित भएको आँकलन गरिएको छ । प्रदेशसभामा नेकपा एमालेको प्रस्ट बहुमत रहेको अवस्थामा आन्तरिक ध्रुवीकरणका कारण एमालेले यो प्रदेशसमा सरकारको नेतृत्व गर्ने अवसर गुमाउँदै आएको छ ।एमालेको कार्यदलस्तरमा स