मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरुको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ । यसैगरी नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको सालिक निर्माण गर्न ५० लाख, मधेसवादी नेता गजेन्द्रनारायण सिंहको सालिक निर्माण गर्न प