कामीरिता शेर्पा भन्छन्- रेकर्ड राख्न होइन, पर्यटन क्षेत्रकाे प्रोत्साहनका लागि सगरमाथा चढेको हुँ (भिडिओ)

काठमाडौं । २८औं पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सगरमाथा चुचुरो टेकेर बिहीबार काठमाडौं फर्किएका कामीरितालाई शेर्पा समुदायलगायत शुभेच्छुकहरुले स्वागत गरेका हुन् । यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८औं पटक आरोहणकाे कीर्तिमान कायम गरेका हुन् । कामीरिताले आफूले रेकर्ड कायम […]

सम्बन्धित सामग्री

कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा - NepaliPatra

काठमाडाैँ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधार शिविरमा रहेकाे पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान […]

कामीरिता शेर्पा ३० औँ पटक सगरमाथाको चुचुरोमा

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुग्नुभएको हो । “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ”, सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले भन्नुभयो […]

कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुगेका छन् । पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लागेका हुन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पा र हरि बुढामगरलाई सम्मान

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा कृत्रिम खुट्टाको सहायतामा आरोहण गरेका रोल्पाका हरि बुढामगर र २८ पटक चढेर सर्वाधिक आरोहण कीर्तिमान गर्ने सोलुखुम्बुका कामीरिता शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले १६ औं सगरमाथा दिवसका अवसरमा सोमबार सम्मान गरिन् ।

ल्होत्से र पुमरी हिमालको आरोहण शुरु

वैशाख २७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८ हजार ५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ ।  आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएको ६ सदस्य आरोही सोमवार साँझ ६:४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जानकारी दिएको छ । ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन् ।  विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताए । त्यसैगरी पुमरी (७ हजार १६१ मिटर) हिमालको सफल आरोहण पनि  भएको छ । चार  नेपाली र दुई भारतीयले सोमवार अपराह्न हिमाल आरोहण गरेको विभागले जानकारी दिएको छ । चालू याममा पुमरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ ।  वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी छ । सगरमाथा आरोहण यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी  कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने कार्यसँगै व्यावसायिक आरोहण शुरु भएको हो । संस्कृति मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथाका मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन् । रासस

कामीरिता २५ औं पटक सगरमाथा चुचुरोमा

आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]