नेपाल पर्यटन बोर्डको मंगलबार बसेको सञ्चालक समिति बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बोर्डले बनाएको एक छानविन समितिले दिएको प्रतिवेदन अनुसार उनको कार्यसम्पादन चित्तबुझ्दो नभएको र उनले बोर्डलाई हानी नोक्सानी पुर्याउने काम गरेको विषयमा स्पष्टीकरण सोधिएको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए ।
पर्यटन बोर्ड नियमावलीको बुँदा नम्बर १२ मा भएको व्यवस्था अनुसार सीईओले बोर्ड ऐनले तोकिएबमोजिम कार्य सम्पादन नगरेमा तीन सदस्यीय जाँचबुझ उपसमिति बनाउन सक्ने व्यवस्था छ । स...