लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक संकट सिर्जना गरेको आरोप लगाएका छन् ।
सोमवार बुटवलमा जिउँदा जीवराज वृत्तचित्र सार्वजनिक गर्दै पोखरेलले प्रचण्डमा भएको अस्थिरता, अवसरवाद र महत्त्वकांक्षाकै कारण देशमा संकट आएको बताए ।
नेकपा पार्टी हुँदा पूर्व एमालेभित्र खेलेर पार्टी फुटाउने काम गरेको समेत उनको आरोप छ ।
अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने समेत बताए ।