पोखरा बजारको मुख्य प्रवेशद्वार विजयपुर खोलामा बेलिब्रिज (पुल) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय पोखराका सबइन्जिनियर किरण सुवेदीले बताए । हाल डाइभर्सनको रूपमा अस्थायी पुल प्रयोग भएको हुँदा उक्त पुलको स्थानमा नयाँ संरचनामा निर्माण भएको बेलिब्रिज पुल निर्माणसँगै सञ्चालनमा आउने उनले बताए ।