प्रदेशको सर्वोत्कृष्ट कार्यालय बन्यो कृषि ज्ञान केन्द्र पर्वत

पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वत गण्डकी प्रदेश मातहतका कार्यालयमध्ये गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेको छ। गत फागुन चार गते प्रदेश स्थापना भएको दिवसको अवसर पारेर छनोट भएको कार्यालयलाई हालै पोखरामा भएको एक कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले नगद ६० हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो। २०७७ सालमा पनि प्रदेश मातहतका कार्यालयमध्ये प्रदेशमा उत्कृष्ट बनेको ज्ञान केन्द्रले उच्च वित्तीय प्रगति, समूह कार्य, सेवा प्रवाहमा च