काठमाडौं : मतदान अधिकृत र म्यादीलाई कुटपिट गर्ने नेपाल प्रहरीका सइ निलम्बनमा परेका छन्। नेपाल प्रहरीले प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई ३ महिनाका लागि निलम्बन गरेको हो।इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत भट्टलाई ३ महिनाको लागि निलम्बन गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। चुनावी सुरक्षाका लागि भट्ट सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलम