काठमाडौं । स्टार हस्पिटलले साढे १० लाख कित्ता शेयर विक्री गर्ने भएको छ । हस्पिटलले विक्री हुन बाँकी रहेको हकप्रद शेयर विक्री गर्ने भएको हो ।
हस्पिटल सञ्चालक समितिको बैठकले हकप्रद शेयर विक्री हुन बाँकी १० लाख ६८ हजार ८१३ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई लिलाम बढाबढमा विक्री खुला गरेको हो ।
कम्पनीले उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । शेयर खरीद गर्न इच्छुकले मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछन् ।