काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिङ्गो देश एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताउनुभयो । भारतको त्याे कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उहाँको भनाइ थियो ।
शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकाेटाले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा...