३४% लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले पुस ८ गते बोलायो पाँचौं साधारण सभा

मंसिर १५, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पुस ८ गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, रुपन्देहीमा अपरान्ह्र १ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिइएको छ । सभामा गत वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, सभाको अन्य प्रस्तावमा संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, अन्य कुनै इजाजत प्राप्त लघुवित्तसँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधाण सभा

१३ साउन काठमाडौं । सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्न नागरिक लगानी कोषले २७औं वार्षिक साधारण सभा बोलाएको छ । ६ भदौमा कोषको केन्द्रीय कार्यालय सीआईटी भवन नयाँ बानेश्वरमा सधारण सभा हुने जनाएको छ । कम्पनीले साधारण सभामा सञ्चालक समितिले आब २०७७/७८ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनन सेयर र त्यसमा लाग्ने कर […]

नेपाल टेलिकमको साधारण सभा भोली हुँदै

काठमाडौं, २३ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद […]

नेपाल टेलिकमले बोलायो साधारण सभा, लगानीकर्ताले पाउने भए बोनस

काठमाडौं, २२ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद […]

२० प्रतिशत लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, १५ फागुन । महालक्ष्मी विकास बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । सञ्चालक […]

महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रबार बस्ने, बोनस कति ?

काठमाडौं, १२ फागुन । महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा फागुन १३ (शुक्रबार) बस्ने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, […]

प्रिमियर इन्सुरेन्सको साधारण सभा शुक्रबार, लाभांश पारित गर्ने

काठमाडौं, १९ माघ । प्रिमियर इन्सुरेन्स कम्पनीले शुक्रबार माघ २१ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को […]

६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, २ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको भौतिक उपस्थिति एवं अनलाइन(जुम) मार्फत एकैसाथ सञ्चालन भएको बैंकले जनाएको छ । सभाले बैंकको चुक्ता पुँजीको ६ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ । गत आसार मसान्तमा कायम […]

सिभिल बैंकले बोलायो साधारण सभा

काठामाडौं, १० पुस । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर […]

२१ प्रतिशत लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, २४ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शनिबार २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा चितवनमा आज सम्पन्न भएको हो । सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि […]