सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।
सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।
सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।
सन् १९६८ मा आजकै दिन (मार्च २७) मा युरी गागरिनको मृत्यु भएको थियो । उनी विश्वकै पहिलो अन्तरिक्ष यात्री हुन् । १९३४ मार्च ९ मा रुस (तत्कालीन सोभियत संघ) को गजहत्स्कमा जन्मिएका गागरिनले १९५१ मा विद्यालय शिक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अध्ययनका लागि साराटोभ कलेज भर्ना भएका गागरिनले सँगसँगै उडानसम्बन्धी प्रशिक्षण गरेका थिए ।
सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पश्चिम जर्मनी र पोल्यान्डबीच १९७० को शीतयुद्धको समयमा १९५५ मे १४ मा पोल्यान्डको वार्सामा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा सन्धि हो ।
सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा युक्रेनस्थित चेर्नोबिल परमाणु केन्द्रमा विस्फोट भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल परमाणु भट्टीको चौथो रियाक्टरमा विस्फोट भएको थियो । युक्रेनी राजधानी किभबाट ६५ किलोमिटर उत्तरपूर्वमा रहेको चेर्नोबिलमा हजार–हजार मेगावाट बिजुली उत्पादन गर्ने चारवटा आणविक भट्टी थिए ।
शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् । गोर्भाचेभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिष्ट समाजवादी धारले उनलाई सोभियत संघ बिघटनको दोषी मान्ने गरेको छ भने […]
७ नोभेम्बर विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा विशेष महत्व बोकेको दिन हो । त्यस दिन रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रान्ति सम्पन्न भएको थियो, जो ‘अक्टोबर क्रान्ति’को नामले चिनिन्छ । त्यसपछि पूर्वी युरोपका अनेकौं मुलुकहरू, भियतनाम, चीन र उत्तर कोरियाजस्ता मुलुकहरूले त्यही बाटो पछ्याएका थिए । आज न त सोभियत संघ छ, न पूर्वी युरोपका मुलुकहरूमा साम्यवादी शासन छ, न त चीन नै बोल्सेभिक क्रान्तिले देखाएको मार्गमा छ ।लेनिन र माओले प्रतिपादित गरेको क्रान्ति