काठमाण्डाै - टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् ।
भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह (एलेक्स)ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी ...