आजदेखि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल सुरु हुँदै

काठमाण्डाै - आजदेखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु हुँदै छ । आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार व्यहाेरेकाे छ । आर्मीको १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्...

सम्बन्धित सामग्री

महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।  डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।  यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० ...

उज्यालो अनलाइन

महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।

उज्यालो अनलाइन

राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् । उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने चोटका कारण खेल्न नसक्ने भएकी छन् । अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ । १० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मीले पुलिसको ख...

उज्यालो अनलाइन

राष्ट्रिय महिला लिग : चन्द्रपुर र चौदण्डीगढी भिड्दै

काठमाडौं  :  राष्ट्रिय महिला लीग फूटबलमा आज  रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ। चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ। चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ। लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ।

थाहा खबर

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।   

उज्यालो अनलाइन

राष्ट्रिय महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका भिड्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी र चन्द्रपुर भिड्ने छन्। ९ खेलबाट २२ अंक जोडेको आर्मी शीर्षस्थानको एपीएफसँग अंकदुरी घटाउने होडमा हुनेछ। शीर्षस्थानमा रहेको एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ। त्यस्तै चन्द्रपुर प्रतियोगितामा तेस्रो जितको…

पहिलो पोस्ट

राष्ट्रिय महिला लिग : विराटनगरको जीतमा पार्वतीको २ गोल

इलाम : पार्वती घलेको २ गोलको मद्धतमा राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ।एन्फा मैदानमा शनिबार भएको दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा चौदण्डीगढीले अंक बटुल्ने मौका गुमाएको हो। खेलको ७ औ मिनेटमा मनिता तामाङको गोलबाट चौदण्डीगढीले अग्रता बनाएको थियो।सुजता राईको क्रस पासमा विराटनगरकी कप्तान एवम गोलरक्षक कल्पना कार्कीलाई बिट गराउँदै मनिताले अग्रता दिलाएकी थिइन्। चौदण्डीगढीको अग्रता ८ मिनेट समेत टिकेन।चौदण्डीगढीकी स्ट्राइकर सुज

थाहा खबर

राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।   

उज्यालो अनलाइन

महिला लिग : एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो । जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहाेर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ । 

उज्यालो अनलाइन

राष्ट्रिय महिला लिग: वालिङ नगरपालिका तेस्रो स्थानमा

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आइतबारको पहिलो खेलमा विराटनगर महानगरपालिका चन्द्रपुर नगरपालिकासँग १–० ले स्तब्ध भएको फाइदा उठाउँदै वालिङ तेस्रो स्थानमा उक्लिएको हो।...

नागरिक दैनिक

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...

नयाँ पत्रिका