काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको बताउनुभएकाे छ । आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘आजको आवश्यकता शासकीय स्वरूपको बारेमा विचार वा पुनर्विचारभन्दा पनि संविधानको रक्षा हो । संविधानको प्रभ...