गृह मन्त्रालयद्वारा मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी पूर्वतयारीमा लाग्न निर्देशन

जेठ २८, काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ ओटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।  नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देशन गरेको हो ।  गृहप्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको जानकारी दिए । मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजिकरण एवम् अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनेको छ । नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना बनाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।  परिपत्रमा गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निजामती तथा प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जनगुनासो नआउने गरी कानूनको पूर्ण रुपमा पालना गर्न, मानव अधिकारको प्रत्याभूति हुने गरी भ्रष्टाचारमा शून्य सहनशीलताको मर्म अनुरुप पारदर्शी रुपमा कार्य सम्पादन गर्न भनिएको छ ।  आगामी कात्तिक २६ र मंसिर ३ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित, निष्पक्ष र विश्वासिलो बनाउन सम्वद्ध पक्षबीच आवश्यक समन्वय गरी तत्काल निर्वाचन कार्ययोजना तयार गर्न पनि निर्देशन दिइएको छ । परिपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख ६, १३ र १९ गते कोभिड–१९ प्रतिकार्यसँग सम्बन्धी निर्णय एवम् मन्त्रालयबाट भएका कोरोनासँग सम्बन्धित निर्णय एवम् निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्न पनि अनुरोध गरिएको छ । जिल्लास्थित अस्पताल एवम् अक्सिजन प्लान्टमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारमा आवश्यक समन्वय गर्न पनि भनिएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ बमोजिम प्रमुख जिल्ला अधिकारी कोभिड–१९ प्रतिकार्य अधिकारी मुकरर भइ सकेको छ । त्यस्ता कार्य जिल्लामा प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ । सीमा नाकासँग जोडिएका जिल्लाले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्न तथा यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि भनेको छ ।  परिपत्रमा नेपाल सरकारले तोकेको मापदण्डपालना गरी खोप व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्न भनिएको छ । जिल्लाभित्रको सुरक्षा स्थितिलाई मजबुत बनाई राख्न यस अघि मन्त्रालयबाट भएको निर्णय तथा निर्देशनलाई मध्यनजर गर्दै सुरक्षा समितिको नियमित बैठक राखी प्रभावकारी कार्यान्वयन गर्न र कानून विपरीतको क्रियाकलापमा संलग्न जोसुकैलाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।  यसअघि नवनियुक्त गृहमन्त्री अधिकारीले गृह प्रशासनको सेवा चुस्त र प्रभावकारी बनाउन, चुस्त प्रशासनको प्रत्याभूति दिलाउन र शान्ति सुरक्षा सबल बनाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । रासस

सम्बन्धित सामग्री

सुनसरीमा असार पहिलो सातादेखि लकडाउन थप खुकुलो बनाउने तयारी

जेठ २९, सुनसरी । दुई दिनदेखि खुकुलो बनाइएको सुनसरीको लकडाउनलाई असार पहिलो सातादेखि थप खुकुलो बनाउने तयारी सुनसरी जिल्ला प्रशासनले थालेको छ ।  शुक्रवारदेखि समय सिमा तोकेर व्यापार व्यवसाय खुल्ने गरि लकडाउन खुकुलो बनाइएको छ । असार पहिलो सातासम्म यही अवस्थालाई अध्ययन गरि लकडाउनलाई थप खुकुलो बनाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।  कोभिडको कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रशासनले असारको पहिलो साताबाट व्यावसायहरू खुलाउने तयारीमा जुटेको हो ।  असारको पहिलो सातासम्म यहि परिधिमा रहेर अवस्थाको अध्ययन गरिने र त्यसपछि पुनः परिमार्जन गरि व्यवसायीहरूलाई पनि सहजता प्रदान गर्न निश्चित समय तोकेर व्यवसायहरू सुचारू गर्न लागिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीका प्रमुख उमेश प्रसाद ढकालले बताए ।  जिल्लामा जेठ ३१ गते निषेधाज्ञाको समय सकिदैछ । गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार सम्बन्धित स्थानीय सरकार, उद्योग वाणिज्य संघहरूसँग छलफल गरी सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।  असार पहिलो साताबाट व्यापार व्यवसाय सञ्चालन गर्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल शुरु गरिएको उनले बताए । छलफलमा असारको पहिलो साताबाट व्यवसाय सुचारू गर्ने सहमति भए स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्दै लकडाउन थप खुकुलो हुने उनले बताए ।  शुक्रवारदेखि खुकुलो भएको सुनसरीका बजारहरुमा चहलपहल पनि शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिएपछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेदेखि ३ बजेसम्म पसल खुला गर्न लगाएको छ । सब्जी मण्डी, गुद्री, हाट बजारमा विक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुला नै गरेका छन् । एक महीनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही राहत भएको व्यापारीहरु बताउँछन् ।

अब आर्थिक गतिविधि चलायमान बनाइन्छः  दुगड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उनले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधा...