३१ जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष केशव बडालले बताए । पार्टी भित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त […]