हेटौंडा : अघिल्लो सरकारको नियुक्ति खारेज गर्दै नयाँ नियुक्ति गर्ने योजनामा रहेको बागमती प्रदेश सरकारलाई एकपछि अर्को धक्का लागेको छ। सरकारले बर्खास्त गरेको प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंलाई काम गर्न अवरोध नगर्न उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएसँगै सरकारको योजनामा धक्का लागेको हो।यसअघि प्रदेश सरकारले जिल्ला आयुर्वेद सस्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईंलाई बर्खास्त गर्दै सुदिप बर्तौलाई नियुक्त गरेको थियो। तर, अदालतले बजगाँईंको काममा अवरोध नगर्न आदेश दिएको थियो।