हेटौँडा: वाग्मती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंलाई काम गर्न अवरोध नगर्न उच्च अदालत हेटौँडाले वाग्मती प्रदेश सरकारलाई आदेश दिएको छ। उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले परिषदको उपाध्यक्षकै हैसियतमा काम गर्न दिन आदेश जारी गरेको हो।
वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषदले फागुन ५ गते चौलागाईंलाई पदमुक्त गरिएको…