नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताएका छन् । आइतवार अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बजेट घटेर आएपनि खेलाडीको हक हितका लागि बजेट आएको बताएका हुन् । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्याहरुलाई निराकरण गरेर खेल क्षेत्रबाट रा