नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (साउनदेखि असोज) मा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीको खुद मुनाफा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ थियो । यसपालि ३ करोड ४३ लाख ८० हजार अर्थात १.५२ प्रतिशतले नाफामा कमी आएको कम्पनीले जनाएको छ ।