काठमाडाैं : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दलका कुनै पनि सांसदलाई सामूहिक राजीनामा नदिन आग्रह गरेका छन्। उनले यस्तो कार्यलाई 'अपराध' व्याख्या गर्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरूलाई भनेका छन्।
आज विज्ञप्ति नै निकालेर ओलीले 'फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने कार्यलाई 'हानिकारक प्रयास' भनेका छन्।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दि...