बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताए । गतवर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरू भएकोमा २०७३ फागुनबाट सेवा दिने काम सुरू भएको थियो । हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा…