दासढुंगा दुर्घटनाको रहस्य पत्ता लगाउन नेपालको माग

काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन्। २८औं मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले घटनासँग जोडिएका अमर लामाको हत्याले घटना झनै रहस्यमय भएको बताएका छन्।उनले जननेता मदन भण्डारी, नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो भएको उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

दासढुंगा दुर्घटनाको २९ वर्ष : एमालेको रहस्यमय मौनता

एउटा भनाइ छ, हरेक शासक कसै न कसैको रगतले रङ्गिएको हुन्छ अनि त्यो शासक जीवनपर्यन्त कसै न कसैको निशानामा पनि हुन्छ। यही शाश्वत सत्य पच्छ्याइ रहेको नेपालको राजनीतिमा यस्ता थुप्रै रक्तपातपूर्ण घटना भएका छन् जसको रहस्य अब सायदै सार्वजनिक होला। यस्तै रहस्यपूर्ण अथवा तथ्यहरू सार्वजनिक नै नभएको दुर्घटना हो दासढुंगा। जसलाई नेपालका कम्युनिष्ट घटक त्यसमा […]

‘दासढुंगा’ च्याप्टर २ बन्ने

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सगंठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको धेरै बर्ष भयो । यो घटनाको अझै रहस्य खुलेको छैन । सोहि घटनामा आधारित चलचित्र ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ ।