विराटनगर : प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजी सम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ।प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादेशको रिटमा अदालतले त्यस्तो आदेश दिन इन्कार गरेको हो।उच्च अदालत विराटनगरका न्यायाधीश दिनेश यादव र जगत नारायण प्रधानको आज बसेको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको प्रदेश नं. १ सरकारका मुख्य न्याय