काठमाडौं । आइतवार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९७ दशमलव ८७ देखि २९३ दशमलव ६१ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूको लागि निष्कासन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
साथै कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुने जानकारी गराएको छ । कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ ।