काठमाडौं । त्रिभुवन आर्मी क्लबले बुधबार सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराउँदै मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढीमा सम्पन्न प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ को स्कोरमा हराउँदै उपाधि जितेको हो ।
कैलाली जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको विजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको...