धनगढी – कैलालीमा शुक्रबार लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो । इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र […]
बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहर
धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताए । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइए
खैरो हिरोइन ब्राउन सुगरसहित एक जना सुनसरीको कोशी गाउँपालिका क्षेत्रको भण्टाबारीबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका ८ का शम्भु कविरथलाईं पक्राउ गरेको हो।...
कञ्चनपुर।प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का अशोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन्।पक्राउ परेका दुवै जनाको साथबाट ८.६९० ग्राम खैरो हिरोइन बरामद भएको छ।भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन्।