काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् । डा दासका […]