काठमाडाैँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताएका छन्। सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरूलाई आग्रह गरे। गृहमन्त्री खाँणले नागरिकता ऐनपनि आवश्यकताअनुसार परिष्कृत हुँदै भन्दै नेपाली नागरिकलाई […]