पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् ।२८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा साङ्गीतिक टुरमा छन् । उनले टोरन्टो, वाशिन्टन डिसी र न्युयोर्कका शोहरु रद्द गरेका छन् । ‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ ।